काठमाडौँ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक योगेन्द्र गौचनले मूल्य निर्धारण गर्ने काम आफूहरुको नभएको बताएका छन् । कन्जुमर आई नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा महानिर्देशक गौचन भने–हामीले बजारमा भएका मिसावट र मूल्यका विषयमा मात्रै अनुगमन गर्ने हो, मूल्य तोक्ने हाम्रो काम होइन ।
मूल्य निजी क्षेत्रले नै निर्धारण गर्छ, मूल्य निर्धारण गर्न केही सीमाहरु बनाइरहेको उनले बताए । उनले भने–अब निजी क्षेत्रले त्यही सिमामा रहेर मूल्य निर्धारण गर्नु पर्छ ।
रेष्टुरेन्ट तथा बारहरुले लिंदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको स्वागत कार्यक्रममा कन्जुमर आई नेपालकी अध्यक्ष बिमला खनालले भनिन्–‘होटल रेष्टुरेन्टबाट बस्तु तथा सेवा उपभोग गरे वापत लाग्ने १० प्रतिशत सेवा शूल्क हटाउने निर्णय स्वागत योग्य छ ।’
छलफल कार्यक्रममा युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले श्रमिक र होटल मालिकबीच भएको समस्या समाधानका लागि युवा संघले सहकार्य गर्ने बताए ।