काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको ७९ वर्षको उमेरमा निधन भएको छ ।
उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले बताएका छन् ।
करीब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । आएका राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनौं चलचित्रमा अभिनय गरेका थिए ।
उनले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीग लगायतका चलचित्र तथा दर्जनौं टेलिचलचित्रमा अभिनय गरेका थिए ।
काठमाडौँ बूढानीलकण्ठका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनका श्रीमती र तीन छोरी रहेका छन् ।