काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले भरतपुरमा अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न गरेको छ । वित्तीय संस्थाले प्रदेश १,२,३ र ४ मा सञ्चालित २७ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरु सहभागितामा उक्त गोष्ठि आयोजना गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले गोष्ठिको उद्घाटन गरेका हुन् ।
प्रमुख कार्यकारी अधिकृतले संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउँदै कर्जा गुणात्मक वृद्धितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकोले यसतर्फ विशेष ध्यान पु¥याउन शाखा प्रबन्धकहरुलाई निर्देशन दिएका थिए ।
समीक्षाका क्रममा संस्थाको व्यवसाय विस्तार, खराब कर्जा न्यूनिकरण तथा संस्थाको व्यवसायिक दायरालाई फराकिलो पार्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा विशेष छलफल भएको थियो ।
ककनीमा केन्द्रिय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाले २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको थियो । हाल उक्त वित्तीय संस्था २८ वटा जिल्लामा ४५ शाखाकार्यालय मार्फत करिब ४० हजार सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको हालसम्म करिब रु १ अर्ब ५० करोड कर्जा लगानी रहेको तथा ३५ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।