मेसीको कप्तानीमा तिर्खाएको बार्सिलोनालाई एक्का ट्रायल पर्ला ?

<p>काठमाडौं । बार्सिलोना च्याम्पियान्स् लिग जित्न आतुर रहेको छ । यसका लागि क्लब व्यवस्थापन र प्रशिक्षकले सम्पुर्ण शक्ति केन्द्रित गरिरहेका छन् । आफ्नो क्लब इतिहासमा ५ पटक मात्रै जितेको बार्सिलोनाले यसको संख्या बढाउन चाहिरहेको छ । गत साल रोमासँग ३-० को हार बेहोर्दै बाहिरिएको बार्सिलोना यो पट यस्तो गल्ती नगर्ने तयारी गरेको छ । मुख्य [&hellip;]</p>

काठमाडौं । बार्सिलोना च्याम्पियान्स् लिग जित्न आतुर रहेको छ । यसका लागि क्लब व्यवस्थापन र प्रशिक्षकले सम्पुर्ण शक्ति केन्द्रित गरिरहेका छन् ।

आफ्नो क्लब इतिहासमा ५ पटक मात्रै जितेको बार्सिलोनाले यसको संख्या बढाउन चाहिरहेको छ । गत साल रोमासँग ३-० को हार बेहोर्दै बाहिरिएको बार्सिलोना यो पट यस्तो गल्ती नगर्ने तयारी गरेको छ । मुख्य प्रशिक्षक इर्नेस्टो भाल्भारे खेलाडी थाक्नु नै खेल हारको मुख्य कारण भएको बताइरहेका छन् ।

यो सिजन प्रशिक्षकले कोपा ‘डेल रे’ लाई ध्यान दिइरहेका छैनन् । ३ वटै मुख्य ट्रफिमा ध्यान दिदाँ खेलाडी थाक्ने प्रशिक्षकको बुझाइरहेको छ । यसो त बार्सिलोना कोपा डेलरेको अन्तिम आठको खेलमा सेभिल्लासँग २-० ले पछि परिसकेको छ ।

बुधबार राती हुने खेलमा कमब्याक हुने धुनमा बार्सिलोना हुनेछ । यसका लागि पहिलो सेटमा सम्भवत मेसीलाई प्रशिक्षकले मैदान उतार्नेछन् । अघिल्लो चरणमा जानको लागि बार्सिलोनाका लागि ३-० को नतिजा निकाल्न आवश्यक छ ।
लालिगामा ५ अंकको स्पस्ट अग्रता लिएको बार्सिलोना धेरै गोल गर्नबाट भने चुकिरहेको छ । भरपर्दा डिफेन्डर स्यामुएल उमटीटीको अभाव अहिले बार्सिलोनामा देखिरहेको छ । यस्तै उच्च फर्ममा रहेका उसमाने डेम्बेले पनि घाइते हुनु बार्सिलोनाका लागि अर्को समस्या रहेको छ ।

सन् २०१५ मा लुइस इनरिकेले ३ वटा ट्रफि एकै सिजन जिताएका थिए । यो सिजन पनि बार्सिलोनाले ३ ट्रफी जित्ने आधार रहेको छ । हाल बार्सिलोनाका लागि रोटेसनमा खेल्ने खेलाडी उल्लेख्य रुपमा रहेको छ । तर यसमा प्रशिक्षक सफल हुन सकेका छैनन ।

कोपा डेलरेमा सेभिल्लासँगको खेलमा मेसी नहँदा हार बेहोर्नु नै यसको उदाहरण हो । निकै आस गरिएका खेलाडी फिलिपे कोटिन्हो फर्ममा नआउनु पनि अर्को समस्या हो । उनले गोल तथा असिस्टमा उल्लेख्य रुपमा प्रगति गर्न सकेका छैनन ।

कोटिन्होको प्रर्दशनबाट अहिलेनै आत्तिनु नहुने बार्सिलोना म्यानेजमेन्टको बुझाइ रहेको छ । उनलाई बेच्ने कुरा चलिरहँदा कोटिन्होले आफु चाडैनै बार्सिलोना छोड्न क्याम्प नोउ नआएको प्रतिक्रिया दिइसकेका छन् । उनलाई लय समात्नका लागि अझ धेरै समय मैदान खेलाउनु पर्ने देखिन्छ ।

सेभिल्लासँगको दोस्रो लिगमा बार्सिलोनाले कमब्याक गर्न सके यसले खेलाडीको आत्माबल बढ्नेछ । यसमा पुर्ण शक्ति लगाएर अन्य खेलमा मुख्य खेलाडीलाई आराम दिनुपर्ने भाल्भारे समक्ष चुनौती छ ।

भाल्भारेको माइनस रणनिती हुन सक्छ घातक

बार्सिलोनाले ४३३ को सेटमा खेल खेलिरहेको छ । विगतलाई हेर्ने हो भने बलियो मिडफिल्डकै कारण बार्सिलोनाको टिकीटाका चलेको थियो । अहिले मिडफिल्ड निकै कमजोर अवस्थामा छ । बल लिएर अघि बढ्ने र असुरक्षित हुने बित्तिकै पछाडी बल दिने भाल्भारेको रणनिती च्याम्पियान्स लिगमा घातक हुन सक्छ । यदि यसरी खेल खेल्दा अगाडी गोल खाएको अवस्थामा कमब्याक गर्न कठिन हुनेछ । किानकी च्याम्पियान्स लिग खेल्ने टोली निकै प्रभावशाली नै हुन्छन् ।
बार्सिलोनाको हालको खेलमा स्पीड बढाउन पर्ने आवश्यक छ ।

डेम्बेलेको स्पीड अहिले निकै प्रभावशाली बन्दै गएको छ । त्यस्तै स्पीड बाया तर्फबाट पनि दिन सकियो भने बार्सिलोनाले गोल संख्या सजिलै बढाउन सक्छ ।

Share News