अर्थमन्त्रीले सुनाए ८ प्रतिशत आर्थिक वृद्धिदरका आधा दर्जन आधार

<p>&nbsp; काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने आधारहरु सार्वजनिक गरेका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री खतिवडाले प्रक्षेपित वृद्धिदर हासिल हुने दावी गर्दै आधा दर्जन आधार पेश गरेका हुन् । आगामी वर्षमा आर्थिक वृद्धिको मुल इन्जिन औद्योगिक क्षेत्र हुने उनको भनाई छ । आगामी आवमा [&hellip;]</p>

 

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने आधारहरु सार्वजनिक गरेका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री खतिवडाले प्रक्षेपित वृद्धिदर हासिल हुने दावी गर्दै आधा दर्जन आधार पेश गरेका हुन् । आगामी वर्षमा आर्थिक वृद्धिको मुल इन्जिन औद्योगिक क्षेत्र हुने उनको भनाई छ ।

आगामी आवमा औद्योगिक उत्पादन १२ प्रतिशत बढ्ने प्रक्षेपण सरकारले गरेको उनले जानकारी दिए । यही प्रक्षेणका आधारमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निधारण गरेको हो । देश लोडसेडिङमुक्त भएपछि औद्योगिक उत्पादन विस्तार हुदै गएको र आगामी वर्ष थप बढ्ने आधारमा यो लक्ष्य निर्धारण गरेको खतिवडाले बताएका छन् ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले आगामी वर्ष राष्ट्रिय गौरवका ४५६ मेगावाटको माथिल्लो तामाकोसी र मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आउने जानकारी दिए । दुई आयोजनाले मूल्य अभिवृद्धि गर्न उनको भनाई छ । यस्तै नयाँ ठुला सिमेन्ट र खानी उद्योग सञ्चालनमा आउने भएकाले यी क्षेत्रले आर्थिक गतिविधिमा विस्तार गर्ने खतिवडाको तर्क छ ।

आगामी वर्ष पनि साढे ८ प्रतिशत् सेवा विस्तार हुने उनले जानकारी दिए । यस्तै कृषि क्षेत्रको विस्ता साढे ४ प्रतिशत हुने उनको भनाई छ । उद्योग, सेवा र कृषिको विस्तारका आधारमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको उनको भनाई छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले मुद्रास्फिती बढाउने उनको भनाई छ ।

Share News