वायु सेवा निगमले को-पाइलटलाई सिधै दिल्ली उडान भर्न दिएपछि पाइलट आन्दोलित

<p>काठमाडौं । वायुसेवा निगमले को पाइलटलाई अन्तराष्ट्रिय उडान भर्न दिएपछि विवाद सुरु भएकोछ । को पाइलट सुदिप रिजाललाई सिधैं अन्तर्राष्ट्रिय उडान दिएपछि आन्तरिक उडान गर्ने पाइलट आन्दोलित भएका हुन् । करारमा नियुक्त गरिएको को पाइलट रिजाललाई पहिले डोमेस्टिक उडान भर्ने जहाजको को पाइलट बनाउनुपर्ने हो तर सिधैं अन्तर्राष्ट्रिय विमानमा को पाइलट राखेपछि विवाद बढेको हो [&hellip;]</p>

काठमाडौं । वायुसेवा निगमले को पाइलटलाई अन्तराष्ट्रिय उडान भर्न दिएपछि विवाद सुरु भएकोछ । को पाइलट सुदिप रिजाललाई सिधैं अन्तर्राष्ट्रिय उडान दिएपछि आन्तरिक उडान गर्ने पाइलट आन्दोलित भएका हुन् ।

करारमा नियुक्त गरिएको को पाइलट रिजाललाई पहिले डोमेस्टिक उडान भर्ने जहाजको को पाइलट बनाउनुपर्ने हो तर सिधैं अन्तर्राष्ट्रिय विमानमा को पाइलट राखेपछि विवाद बढेको हो ।

आन्तरिक उडान गर्ने पाइलटहरुले मगंलबार बिहान ४ वटा उडान बहिस्कार गरेका थिए । उनीहरुले विराटनगर, धनगढी, र नेपालगञ्जको आन्तरिक उडान बहिस्कार गरेका थिए । क्याप्टेन सुभाष रिजालले आफ्नै भाई भएकै कारण सिधैं ठुलो विमानको को पाइलटमा नियुक्त गरेको डोमेस्टिक उडान गर्ने पाइलटहरुले आरोप लगाएका छन् ।

अहिले भने नियमित उडान सुरु भैसकेको विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

Share News