
काठमाडौं । सरकारी ढुकुटीबाट तलव खाने निजामती कर्मचारीको संख्या ८७ हजार ७५३ रहेको छ । यो संख्या सेना, प्रहरी, शिक्षक बाहेकको हो । सेना प्रहरी शिक्षकको संख्या ५ लाख भन्दा बढी छ । निजामति सेवामा पुरुषको संख्या ६७ हजार ४१९ र महिला २० हजार ३३४ रहेको अर्थ मन्त्रालयले जनाएको छ । जसअनुसार निजामति सेवामा पुरुषको हिस्सा ७६.८३ र महिलाको २३.१७ प्रतिशत छ ।
राजपत्रांकित विशिष्ठ श्रेणीमा अर्थात सचिवको संख्या ६४ जना रहेको छ । जसमध्ये ६२ जना पुरुष र २ जना मात्र महिला सचिव छन् । प्रथम श्रेणी अर्थात सहसचिव ६१० जना छन् । जसमध्ये पुरुष ५७२ पुरुष र महिलाको संख्या ३८ जना महिला रहेका छन् । यस्तै उपसचिवमा ३ हजार ६२५ जना कार्यरत छन् । जसमध्ये पुरुषको संख्या ३ हजार ३९३ र महिला २३२ जना छ ।
यस्तै शाखा अधिकृतको संख्या ११ हजार २३८ रहेको छ । जसमध्ये ९ हजार ७७१ पुरुष र १ हजार ४६७ महिला रहेको अर्थले जानकारी दिएको छ ।