काठमाडौं । बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । वातावरणीय प्रभाव मूल्याकंन स्वीकृत भएपछि विमानस्थलको काम अघि बढ्ने भएको हो ।

पर्यटनमन्त्री रबिन्द्र अधिकारीले आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन स्वीकृत भएको जानकारी दिएका हुन् । बारा जिल्लामा बन्ने विमानस्थलको निर्माण कार्य अब अघि बढ्ने मन्त्रीले बताएका हुन् ।
लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाई निर्माणलाई तीव्रता दिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
उक्त विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (डीपीअार) का लागि मन्त्रालय र कोरियन कम्पनी ल्याण्डमार्क बल्र्डवाइड एलएमडब्लु बीच सन् २०१० मार्चमा सम्झौता भएको थियो ।
सम्झौता बमोजिम कोरियन कम्पनलीले डीपीअार तयारी गरी सन् २०११ अगष्टमै मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेकामा मन्त्रालयले अझै डिपिआरलाई मान्याता दिने वा नदिने टुङगो लगाएको छैन ।
कम्पनीले डीपीअार तयार पार्न ३५ लाख डलर खर्च भएको बताएको छ । हाल कम्पनीले ६५ करोड नेपाली दाबी समेत गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकतामा राखेको उक्त मन्त्रालयले जनाएको छ ।
‘विविध किसिमका समस्या समाधान गर्दै यस परियोजनालाई शीघ्र अगाडि बनाई मुलुकको आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले कोरियन कम्पनीले पेश गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई सरकारले ग्रहण गर्ने नगर्ने भने मन्त्रालयले निर्णय लिएको छैन । विमानस्थलको सडक रुख कटानी र सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।