अर्थमन्त्रीको डेढ करोड नगद र ५० आना जग्गा

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको डलर र नेपाली रुपैयाँ गरी १ करोड ५५ लाख रुपैयाँ नगद सम्पत्ति रहेको छ । मन्त्री खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ६२ हजार ७०३ डलर र बाँकी नेपाली रुपैयाँ रहेको उनले उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघको सेवा र सोको ब्याजबाट भएको आम्दानीबाट यो रकम प्राप्त गरेको उनले उल्लेख [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको डलर र नेपाली रुपैयाँ गरी १ करोड ५५ लाख रुपैयाँ नगद सम्पत्ति रहेको छ । मन्त्री खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ६२ हजार ७०३ डलर र बाँकी नेपाली रुपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघको सेवा र सोको ब्याजबाट भएको आम्दानीबाट यो रकम प्राप्त गरेको उनले उल्लेख गरेका छन् । उनले नेपाल राष्ट्र बैंकको सेवा, परामर्श सेवा, घरायसी वचतको ब्याजबाट आम्दानी गरेको बताएका छन् । यस बाहेक उनले सावल सहकारीमा ५ लाख रुपैयाँ सेयर लगानी रहेको जानकारी दिएका छन् ।

यस्तै उनको स्वामित्वमा ३६ लाख रुपैयाँको कार रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले आफ्नाे र श्रीमती कमला खतिवडाको नाममा काठमाडौं, भक्तपुर र झापामा गरी झण्डै ५० आना जग्गा रहेको बताएका छन् । यस्तै १० तोला सुन र १ किलो चाँदी रहेको उनले बताए ।

 

 

Share News