
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई प्राथमिकता विहीन दस्तावेजन भनेको छ । आगामी वर्षको योजना भन्दा पनि दीर्धकालिन योजना ल्याएको आरोप काँग्रेसको छ ।
काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सुन्दा कर्णप्रिय भएपनि ठोस कार्यक्रम विना नीति आएको आरोप लगाए । उनले नीति कार्यक्रमको बुँदागत रुपमा विश्लेषण गर्दै नीति तथा कार्यक्रम प्राथमिकता विहीन दस्तावेजको रुपमा आएको उनले दावी गरे ।व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रमको छलफल कार्यक्रममा आफनो धारणा राख्दै डा.रिजालले सरकारको कार्यक्रमले लक्ष्य प्राप्त हुन नसक्ने दावी गरे ।
बलियो राजनीतिक जग बनिसकेको, स्थिर र बलियो सरकार भएपनि नीति तथा कार्यक्रम धेरै कमजोर रहेको र कार्यान्वयन नहुने उनले ठोकुवा गरे । नीति तथा कार्यक्रमको बुँदा नम्बर १६, २१, २५ र ३५ नम्बरले भन्न खोजेको कुरा स्पष्ट पार्न नसकेको उनको जिकिर छ ।
५ वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर गर्ने योनजा राम्रो भएपनि यसलाई पुरा हुने गरी कार्यक्रम आउन नसकेको उनको तर्क थियो । सिंचाइ विस्तार गर्छु भनेको छ ठोस कायक्रम नभएको उनले ठोकुवा गरे ।