नापी कार्यालयका अधिकृत भागवत साह २ लाख ५० हजार घुससहित अीख्तयारको फन्दामा

<p>काठमाडौं । साँखु, काठमाडौंका कार्यालय प्रमुख, नापी अधिकृत भागवत साह भ्रष्ट्राचारको अभियोगमा पक्राउ परेका छन् । अख्तियारको गोकर्णेश्वर नपा वडा नं २ स्थित नयाँपाटीमा रहेको जग्गा कित्ता काट गरिदिएवापत सेवाग्राहीसँग घुस लिने क्रममा साह पक्राउ परेका हुन् । अख्यिारका प्रवक्ता रामेश्वर दंगालका अनुसार कार्यालय सहयोगी खेमराज भण्डारी मार्फत निज नापी अधिकृत भागवत साहलाई २ लाख [&hellip;]</p>

काठमाडौं । साँखु, काठमाडौंका कार्यालय प्रमुख, नापी अधिकृत भागवत साह भ्रष्ट्राचारको अभियोगमा पक्राउ परेका छन् । अख्तियारको गोकर्णेश्वर नपा वडा नं २ स्थित नयाँपाटीमा रहेको जग्गा कित्ता काट गरिदिएवापत सेवाग्राहीसँग घुस लिने क्रममा साह पक्राउ परेका हुन् ।

अख्यिारका प्रवक्ता रामेश्वर दंगालका अनुसार कार्यालय सहयोगी खेमराज भण्डारी मार्फत निज नापी अधिकृत भागवत साहलाई २ लाख पचास हजार घुसवापतको रकम लिइसकेको अवस्थामा साह पक्राउ परेका हुन् ।

अख्तियारको अनुसन्धानको क्रममा साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ० बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो २ लाख पचास हजार कायम गरी विशेस अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनीसँगै सहयोगी भण्डारी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

Share News