
काठमाडौं । सुन तस्करीका प्रमुख नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई आजै मोरङ जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । गोरेलाई प्रहरी आज राजधानीको गौरीघाटस्थित एक होटलबाट पक्राउ गरेको हो ।
आजै अदालतमा उपस्थित गराएर छानविन थालिने छानविन समितिका संयोजक ईश्वरी पौडेलले जानकारी दिए । उनले गोरे ३ दिन अघि भारतबाट काठमाडौं आएका थिए । जेरी जस्तै जेलिएको यो काण्डमा उच्च प्रहरी अधिकारीका साथै नेता पनि पर्ने संभावना छ ।