बिराटनगरको भारतीय फिल्ड अफिस बन्द

<p>काठमाडौं । भारतले बिराटनगरको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयले बिराटनगरमा रहेको आफ्नो फिल्ड अफिस बन्द गर्ने निर्णय भएको औपचारिक जानकारी गराएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबिच बिराटनगरको फिल्ड अफिस बन्द गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार भारतीय फिल्ड अफिस बन्द गर्ने [&hellip;]</p>

काठमाडौं । भारतले बिराटनगरको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयले बिराटनगरमा रहेको आफ्नो फिल्ड अफिस बन्द गर्ने निर्णय भएको औपचारिक जानकारी गराएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबिच बिराटनगरको फिल्ड अफिस बन्द गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार भारतीय फिल्ड अफिस बन्द गर्ने प्रक्रिया अघि बढेको भारतीय विदेश मन्त्रालयले आफ्नो वेभसाइट मार्फत उल्लेख गरेको छ ।

Share News