वृद्धभत्ताको साढे २४ लाख हिनामिना गर्ने वडासचिव गोपालचन्द्र लामा समातिए

<p>काठमाडौं । हुम्लाको ताजाकोट गाउँपालिका वडा नं ५ मा कार्यरत वडा सचिव गोपालचन्द्र लामा वृद्धभत्ता अनियमितता गरेको आरोपमा पक्राउ परेका छन् । उनले आव २०७३ र ०७४को सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकम गरी जम्मा २४ लाख ५० हजार रकम हिनामिना गरेपछि पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गैह्र कानूनी लाभ पुर्याउने [&hellip;]</p>

काठमाडौं । हुम्लाको ताजाकोट गाउँपालिका वडा नं ५ मा कार्यरत वडा सचिव गोपालचन्द्र लामा वृद्धभत्ता अनियमितता गरेको आरोपमा पक्राउ परेका छन् ।

उनले आव २०७३ र ०७४को सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकम गरी जम्मा २४ लाख ५० हजार रकम हिनामिना गरेपछि पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गैह्र कानूनी लाभ पुर्याउने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याउने बदनियतले कार्य गरेको आरोप लगाएको छ । उनीमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Share News