
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्न उच्च प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । बिभिन्न प्रदेशको प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाएका डिआईजिहरुलाई आईतबार मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री थापाले अब कुनै किसिमको सिण्डिकेट सरकारलाई स्वीकार्य नहुनेबताएका हुन् ।
उनले भने “यतायात क्षेत्रको सिण्डिकेट अन्त्यको प्रक्रियामा छ, अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिण्डिकेट अन्त्य गर्न जरुरी छ । तपाईहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ति सबै किसिमका सिण्डिकेट हटाउनुहोस् । ’
उनले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्न समेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिए । उनले थपे-‘गृहमन्त्रालयले तपाईहरुलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ , सबै जिम्मेवारी आफैमा महत्वपुर्ण छन् । हाम्रो अपेक्षा र विश्वास तपाईहरुले पुरा गर्नुहुनेछ । ’
सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशसान कायम गर्नु पहिलो काम भएकाे बताए । निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीको सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो ।