२०८१ माघ ७ गते १५:४७ विकासन्युज
काठमाडौं । जर्मन अटोमोबाइल कम्पनी फक्सवागनले अमेरिकी विद्युतीय सवारी निर्माता रिभियनसँगको साझेदारीलाई अझ गहिरो बनाउने विचार गरिरहेको छ ।
फक्सवागनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमेले स्पिगेल पत्रिकासँगको अन्तर्वार्ताका क्रममा सम्बन्ध झन् प्रगाढ बनाउन खोजेको बताएका हुन्।
उनले फक्सवागन समूहले रिभियनजस्ता साना ब्रान्डहरूका लागि ठूलो अवसरहरू प्रदान गर्ने बताए ।
फक्सवागन र रिभियनले नयाँ पुस्ताको विद्युतीय गाडीहरूको आर्किटेक्चर र सफ्टवेयर प्रविधि विकासमा केन्द्रित संयुक्त उद्यम कम्पनी गठन गरेका थिए ।
भोक्सवागनले यस उद्यममा ५० प्रतिशत स्वामित्वको रूपमा पहिले घोषणा गरिएको ५ अर्ब डलरको लगानी बढाएर ५.८ अर्ब डलर पुर्याएको छ ।
फक्सवागन र रिभियनबीचको यो साझेदारीले फक्सवागनलाई रिभियनको उन्नत सफ्टवेयर प्रविधिमा पहुँच प्रदान गर्नेछ, जसले विद्युतीय सवारीहरूको विकासमा सहयोग पुर्याउनेछ ।
साथै रिभियनले फक्सवागनको वित्तीय समर्थन र आपूर्ति श्रृंखलाको फाइदा लिन सक्नेछ ।
सुरुवातमा यो उद्यम नयाँ पुस्ताको विद्युतीय गाडीहरूको आर्किटेक्चर र सफ्टवेयर प्रविधि विकासमा केन्द्रित हुने तर पछि ब्याट्री मोड्युलजस्ता अन्य विद्युतीय गाडी प्रविधिमा पनि स्थानान्तरण हुन सक्ने बताइएको थियो ।
२०२४ मा फक्सवागनको बिक्रीमा गिरावट
भारतीय कार निर्माताले २०२५ मा ईभी बजार बिस्तार गर्ने, मागको भने कमी
Copyright © 2025 Bikash Media Pvt. Ltd.