नेपाल पुनर्बीमाको सीईओ बने थापा, ‘बलियो प्रणालीको विकास गर्छु’

  २०८१ जेठ १३ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले थापालाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीको उम्मेदवार छनौट तथा सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता लिइसकेपछि बोर्डले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सर्टलिष्टमा थापासहित दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की परेका थिए ।

कम्पनीले व्यावसायिक कार्यजोजना प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि सर्टलिष्टमा परेकाहरूलाई हिजो शनिबार बोलाएको थियो ।

अध्यापन र प्रशासनमा दख्खल थापा यसअघि अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत थिए भने त्यसअघि राष्ट्रिय बीमा संस्थानमा कामु प्रशासकसम्म भएका थिए ।

नेपाल पुनर्बीमा कम्पनी ठूलो कम्पनी भएकाले यसको सञ्चालन प्रणालीलाई प्रभावकारी बनाउने र जनशक्ति परिचालन प्रभावकारी बनाउनमा आफ्नो भूमिका केन्द्रित हुने थापाले बताए ।

‘कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्नु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हो, प्रभावकारी व्यस्थापनका लागि जनशक्तिको परिचालन सही ढंगले हुनुपर्छ,’ थापाले विकासन्युजसँग भने, ‘यसका लागि व्यवस्थापन समूहलाई प्रोत्साहित गर्नुपर्छ, संस्था सञ्चालनका लागि बलियो प्रणालीको विकास गर्नुपर्छ, मेरो पहिलो प्रयास त्यसैमा केन्द्रित हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.