सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

  २०८१ वैशाख २० गते ७:०२     विकासन्युज


काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ । सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

सेयरको न्यूनतम मूल्य २१० रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.