२०८१ जेठ २ गते २०:१९ विकासन्युज
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समिति बैठकले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले जनाएको छ ।
निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर ६.७५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५.०९ रुपैयाँ घटेर आएको हो।
Copyright © 2025 Bikash Media Pvt. Ltd.