नेप्सेसँगै घट्यो कारोबार रकम, उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

  २०८१ जेठ २ गते १५:५०     विकासन्युज

काठमाडौं । निरन्तर दुई दिन दोहोरो अंकले बढेको सेयर बजार आज ९.५४ अंकले घटेको छ ।

आज नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ८ करोडको कारोबार भएको थियो ।

आज ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको स्थीर रहेको छ ।

उत्पादन समूह सबैभन्दा धेरै १.४ प्रतिशत बढेको छ भने विकास बैंक समूह सबैभन्दा धेरै ०.९६ प्रतिशत घटेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको १० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.