पायोनियर कम्पनीका युवा सीईओ, ‘डिजिटल रुपान्तरण नै आइएमईको लक्ष्य’

  २०८० माघ २१ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपालको पहिलो रेमिट्यान्स कम्पनी हो आइएमई लिमिटेड । र, देश विदेशमा सबैभन्दा ठूलो नेटवर्क भएको, सबैभन्दा धेरै सेवाग्राही भएको, सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने र सरकारलाई पनि सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित भएको छ आइएमई । प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम्मेवारीमा यस कम्पनीको नेतृत्व गरिरहेका छन् खिलेन्द्र पौडेलले । उनले यो पद सम्हालेका २ वर्ष पुरा हुनै लाग्यो तर उनी यो कम्पनीमा आवद्ध भएको २ दशक नाघिसक्यो ।

दुई दशकदेखिको निरन्तरता
खिलेन्द्र पौडेल भर्खरै ३९ वर्षका भए । उनी ३५ वर्षको उमेरमा कम्पनीको महाप्रबन्धक भएका थिए । सन् २००४ मा उनी आइएमई प्रवेश गरेका थिए । कम्पनीमा धेरै वर्ष वरिष्ठ प्रबन्धक, ४ वर्ष महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । यही क्रममा उनले स्मार्ट च्वाइस टेक्नोलोजी, आइएमई इन्डिया प्रा.लि., सनी सेक्युरिटीज, आइएमई डिजिटल जस्ता कम्पनीहरुमा बोर्ड अफ डाइरेक्टर भएर पनि काम गरिरहेका छन् । त्रिभुवन विश्व विद्यालयबाट फाइनान्समा स्नातकोत्तर गरेका पौडेलले हार्वर्ड केनेडी स्कूल, इन्डियन इस्टिच्यूट अफ म्यानेजमेन्ट अहमदावाद, ब्रिटिस काउन्सिल लगायत अब्बल शैक्षिक संस्थाहरुबाट प्रोफेशनल स्कील डेपलपमेन्ट ट्रेनिङहरु प्राप्त गरेका छन् । अध्ययन, तालिमसँगै उनी देश विदेश घुम्न औधी रुचाउँछन् । ‘नेपालका धेरै ठाउँमा पुगेको छु । २५ भन्दा बढी देशहरुमा कामकै सिलसिलामा बारम्बार पुग्ने र विदेशमै बसेर कामको अनुभव लिने मौका पाएको छु’ उनी भन्छन्- किताबी अध्ययन र समाजको अध्ययनले मान्छेलाई कुनै पनि विषयमा छिटो बुझ्न मद्दत गर्छ, साथै सिर्जनशील पनि बनाउँछ ।’

पायोनियर कम्पनी
आइएमई नेपालको रेमिट्यान्स क्षेत्रको पायोनियर कम्पनी हो । शुरुवाती दिनदेखि नै आइएमई देशकै सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी पनि बन्न सफल भएको छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने औपचारिक माध्यमबाट नेपाल भित्रिने कूल रेमिट्यान्सको २२/२३ प्रतिशतको बजार हिस्सा आइएमईले ओगटेको छ । त्यतिमात्र हैन रेमिट्यान्स कम्पनीहरू मध्येबाट सरकारलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा पनि आइएमई लगातार सम्मानित हुँदै आएको छ ।

रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउने आइएमईको लक्ष्य अनुसार नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्दै ७७ जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखाहरु सहित ३५००० बढी एजेण्ट तथा सब-एजेण्टहरुका साथै २२५ भन्दा बढी आइएमई सेन्टरहरु मार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । दैनिक ७० हजारभन्दा धेरै नेपाली सेवाग्राहीहरुले आइएमईको सेवा लिइरहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल बताउँछन् । अन्तर्राष्ट्रिय साझेदारहरुसँगको सहकार्य मार्फत परम्परागत रेमिटेन्स कोरिडोरहरू लगायत संसारभरका अधिकांश श्रम गन्तव्यहरुबाट आइएमईले सेवा दिइरहेको उनले बताए ।

नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई सञ्चालनमा आएको २३ वर्ष भएको छ । कम्पनी पुरानो भए पनि प्रविधिको प्रयोगमा अगाडि नै रहेको छ । ‘प्रविधिको बढ्दो प्रयोगलाई हामीले पनि आत्मसात गर्दै अघि बढिरहेका छौं । डिजिटल रेमिटेन्सको प्रवर्द्धनलाई नै हामीले अबको कार्यदिशा बनाएका छौं’ प्रमुख कार्यकारी अधिकृत पौडेल भन्छन्- ‘सोही प्रयास स्वरुप हामीले आइएमई पे मोबाइल वालेटलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरिरहेका छौं । अब सेवाग्राहीले आफु बसेकै स्थानबाट रियल टाइममा रेमिटेन्स पठाउन र प्राप्त गर्न सक्नु हुनेछ । यसबाट रेमिटेन्स पठाउन तथा प्राप्त गर्न मात्र हैन, डिजिटल भुक्तानी सम्बन्धी अन्य कारोबार गर्न पनि सहज हुने हामीले विश्वास लिएका छौं ।’

नेपालको पहिलो रेमिट्यान्स कम्पनी हो आइएमई लिमिटेड । र, देश विदेशमा सबैभन्दा ठूलो नेटवर्क भएको, सबैभन्दा धेरै सेवाग्राही भएको, सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने र सरकारलाई पनि सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित यस कम्पनीको नेतृत्व गरिरहेका छन् ३९ वर्षिय खिलेन्द्र पौडेलले ।

आइएमईले रेमिट्यान्सको आप्रवाहलाई सहज बनाउन, नागरिकमा वित्तीय पहुँच विस्तार गर्न, आफ्ना सेवाहरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाँउदै सुरक्षित र सहज सेवा विस्तारमा निरन्तर काम गरिरहेको छ ।

केही समय यता रेमिट्यान्स क्षेत्रमा पनि नयाँ नयाँ प्रयोगहरु भइरहेका छन् । खासगरि डिजिटल रूपान्तरण र पहुँचमा धेरै विकास भइसकेको छ । यसले केही अवसर र केही चुनौतीहरु सिर्जना गरेको छ । ‘प्रविधिको प्रयोगले हाम्रो जीवनशैलीमा ठूलै परिवर्तन ल्याइरहेको छ । ग्राहकको रोजाई, आवश्यकता तथा बजारको डाइनामिक्स परिवर्तन भइरहेको छ । समग्रमा, रेमिट्यान्स सेवा नयाँ चरणको रूपान्तरणको अवस्थामा छ । त्यसैले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजानु आजको आवश्यकता नै हो’ पौडेल आफ्नो भूमिकामा स्पष्ट छन् र भन्छन्- ‘हामीले पनि सोही अनुरुपनै काम गरिरहेका छौं । डिजिटल रूपान्तरण र फिनटेकको विकास र प्रयोगले रेमिट्यान्स सेवालाई कम खर्चिलो, सुरक्षित एवम् रियल टाइम बनाएको छ जसका कारण रकम पठाउन र प्राप्त गर्न निकै नै सहज भएको छ । लागत न्यूनिकरण भइरहेको छ भने प्रतिस्पर्धा र पहुँचमा समेत सुधार भएको देख्न सकिन्छ । प्रविधिको प्रयोगकै कारणले धेरैभन्दा धेरै मानिसहरुमा बैंकिङ प्रणालीको सहज पहुँच पुग्न सकेको हो भन्ने लाग्छ ।’

प्रविधिको प्रयोगमा अवसरहरु सँगसँगै प्रशस्त चुनौतीहरु पनि उनले केलाइरहेका छन् । काविल व्यवस्थापकको महत्वपूर्ण जिम्मेवारी हो चुनौतिहरुको पहिचान गर्नु र सामनाको लागि तयार हुनु । उनी भन्छन्- ‘सुरक्षा तथा डेटा प्राइभेसी, अनाधिकृत पहुँच आदि प्रमुख चुनौती हुन जस्तो लाग्छ । त्यसैगरी नयाँ तथा स्थान अनुसारका फरक फरक नियमहरूको पालना, विनिमय दरको उतारचढाव र वित्तीय समावेशीकरणको सुनिश्चितता आदि पनि चुनौतीपूर्ण रहेका छन् । यद्यपि नियमन र प्रतिस्पर्धी मूल्य निर्धारणलाई प्राथमिकतामा राख्दै सूचना प्रविधिले उपलब्ध गराएका सुविधाहरूलाई प्रभावकारी रूपमा नेभिगेट गर्न सकियो भने रेमिट्यान्स कम्पनीहरूको लागि पर्याप्त अवसरहरु उपलब्ध हुन्छन् भन्ने लाग्छ ।’

पूर्ण सुरक्षित, पूर्व बैधानिक कारोबारमा जोड
रेमिट्यान्स कारोबारको शतप्रतिशत सुरक्षा र वैधानिकता हाम्रो पहिलो प्राथमिकता भएको र सोही अनुसार सुरक्षामा आवश्यक सम्पुर्ण उपकरणहरुलाई सिस्टममा इन्टिग्रेट गरिएको उनले बताए । ‘हामी कम्प्लाइन्समा कहिल्यै पनि कम्प्रमाइज गर्दैनौं । केन्द्रीय बैङ्क र नेपाल सरकारको नीति बाहेक कुनै पनि काम गर्दैनौं’ उनी भन्छन्- ‘हामी विश्वमा आएका नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं । हाम्रो आफ्नै आईटी टीम छ, आफ्नै सिस्टम छ । त्यस्तै, हामीले इन्टरनेशनल कम्प्लाइन्स सिस्टम चलाउँछौं जुन नेपालका बैङ्कहरुले पनि चलाउँछन् । दुरुस्त तथा अपडेटेड केवाईसी प्रक्रियाहरू, एएमएल नियमनको पूर्ण पालना, प्रतिबन्धहरू स्क्रिनिङ गर्ने, नियमितरुपमा कम्प्लायन्स अडिट, डाटा इन्क्रिप्सन र सुरक्षा प्रोटोकलहरू समावेश गरिएका छन् ।

रेमिट्यान्स कारोबारको शतप्रतिशत सुरक्षा र वैधानिकता हाम्रो पहिलो प्राथमिकता हो । हामी विश्वमा आएका नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं । ग्राहकको डाटा सुरक्षामा अत्यन्तै सचेत छौं । र, केन्द्रीय बैङ्क र नेपाल सरकारको नीति बाहेक कुनै पनि काम गर्दैनौं ।

नियामक निकायले दिने निर्देशनहरूलाई सधैँ उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने, कर्मचारीहरूलाई निरन्तररुपमा तालिम उपलब्ध गराउने, सेवाग्राहीहरूलाई पनि नयाँ नयाँ आउने नियमहरुको बारेमा सुसूचित गराउने तथा चुस्त सेवा, निरन्तर अनुगमन र सुरक्षाप्रतिको प्रतिबद्धताले नै आइएमईलाई देशकै नम्बर वान कम्पनी बन्न र निरन्तर नम्बर वानको ताज जोगाई राख्न सफल भएको उनी बताउँछन् ।

डिजिटल रुपान्तरण
रेमिट्यान्स सेवामा सेवाग्राहीको प्राथमिकतामा उल्लेखनीय परिवर्तन भइरहेको देखिन्छ । डिजिटल च्यानलहरू लोकप्रिय भइरहेका छन् । डिजिटल प्रविधिको विकास, प्रयोग तथा प्रतिस्पर्धाले लागतलाई अझ कम गरिरहेको छ भने प्रतिस्पर्धा र पहुँचमा समेत सुधार भएको देख्न सकिन्छ । पारदर्शी तथा प्रतिस्पर्धी शुल्क निर्धारण हुने भएका कारण सेवाग्राहीहरूलाई कम लागतमै रेमिट्यान्स पठाउने तथा प्राप्त गर्ने अवस्था सृजना भएको छ । ‘डिजिटल रुपान्तरणकै कारण दुरदराजसम्म पनि वित्तीय पहुँच विस्तार भएको छ भने वित्तीय समावेशीकरणमा समेत उल्लेखनीय योगदान पुगेको हामी देख्न सक्छौं’ सीईओ पौडेलले भने ।

नयाँ रणनीति
आइएमईको नेतृत्वले विगतको ट्रयाक रेकर्डलाई ध्यानमा राख्दै, उच्च प्रतिस्पर्धी रेमिट्यान्स बजारमा आइएमईको सफलताका रणनीतिहरू बनाएको छ । उच्च प्रतिस्पर्धी रेमिट्यान्स बजारमा आइएमईको सफलता यसका सेवाग्राहीहरूले प्राप्त गरेको सेवा र त्यसले दिएको सन्तुष्टिमा निर्भर रहँदै आएको छ । वित्तीय क्षेत्रमा उपलब्ध प्रविधिलाई सकेसम्म छिटो ग्रहण गर्ने तथा पहुँच विस्तार गर्न रणनीतिक साझेदारीमा ध्यान दिएको छ । प्रतिस्पर्धी मूल्य निर्धारण, विश्वव्यापी नेटवर्क र समय सापेक्ष हाम्रा सेवाहरूमा गरिने सुधार तथा अपडेटहरूले आइएमईलाई सधैँ विश्वासिलो र भरपर्दो रेमिट्यान्स कम्पनीको रुपमा स्थापित गरेको छ । ‘हामी प्रोफिट मोटिभ मात्र नभएर सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आइरहेका छौं । अभिभावकबिहीन बालबालिकालाई शिक्षा, विभिन्न दैवी तथा प्राकृतिक प्रकोपका बेलामा उपलब्ध गराइने सहयोग लगायतका अन्य सामाजिक कार्यमा भएको संलग्नताले हामीलाई समस्त ग्राहकहरुको सामीप्यतामा ल्याएको छ र अरुभन्दा फरक पहिचान बनाउन मद्दत गरेको छ,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले भने ।

छिट्टै सेयर निष्काशन
शुरुमा प्राइभेट लिमिटेड स्वरुपमा सञ्चालनमा आएको आइएमई कम्पनी ठूलो हुँदै गर्दा पब्लिक कम्पनीमा रुपान्तरित भयो । आइएमईले छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्दै छ । ‘आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेका छौं । अब सेबोनबाट अनुमति प्राप्त गर्ने बित्तिकै सेयर निष्कासन गर्नेछौं,’ उनले भने ।

प्रविधि र शैलीमा परिवर्तन
प्रविधिको विकाससँगै रेमिट्यान्स सेवामा पनि धेरै परिवर्तनहरु देखापरिरहेका छन् । वित्तीय कारोबारको परम्परागत शैली परिवर्तन भएका छन् । डिजिटाइजेसनको प्रभाव समग्र प्रणालीमा नै परेको छ । यसै सन्दर्भमा संसारभरमा विकास भएका अत्याधुनिक प्रविधिलाई एडप्ट गर्दै अनलाइन र मोबाइल प्लेटफर्महरूलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ । रेमिट्यान्स पठाउने र प्राप्त गर्ने सहज र सुरक्षित तरिका प्रदान गर्ने कार्यमा नेतृत्वदायी भूमिका आइएमईले खेल्नेछ । नियामक मापदण्डहरूको पालना गर्दै छिटो र कम लागतमा क्रस-बोर्डर मनि ट्रान्सफर सेवा प्रदान गर्न प्रतिबद्ध छौं । आगामी दिनमा वित्तीय पहुँच विस्तारमा स्थानीय साझेदारहरूसँग सहकार्य गर्दै, सेवा नपुगेका र दुर्गम क्षेत्रहरूमा हाम्रा सेवाहरू अझ प्रभावकारी ढंगले विस्तार गर्ने लक्ष्य राखेका छौं । पछिल्लो समय युरोप अमेरिकालगायतका धेरै देशहरु नेपालीहरूको श्रम तथा बसोबासको गन्तव्य बनिरहेको छ । यस्ता श्रम स्वीकृति प्राप्त भएका नयाँ गन्तव्य मुलुकहरुमा पनि सहज सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौं । समग्रमा सुरक्षित तथा गुणस्तरीय सेवा, पारदर्शी लागत, रियलटाइम कारोबार तथा रेमिट्यान्स सेवाको डिजिटल रुपान्तरण नै आइएमईको आगामी लक्ष्य तथा कार्यदिशा हुनेछन् ।

(देशविकासबाट) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.