३ सय रुपैयाँमा नेपाल रिको २० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट

  २०८० मंसिर २६ गते ७:२४     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले रिन्स्योरेन्समा रहेको आफ्नो २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

इन्स्योरेन्स कम्पनीका अनुसार आज मंसिर २६ गते एक सूचना प्रकाशन गर्दै संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

यदि सो अवधिभि बिक्री नभएमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

२० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट, किन धमाधम बाहिरिँदै छन् नेपाल रिका संस्थापक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.