बढिरहेको सेयर बजार निरन्तर तीन दिन बन्द

  २०८१ जेठ ९ गते १९:३२     विकासन्युज

काठमाडौं । सेयर बजार तीन दिन बन्द हुने भएको छ । पछिल्लो समय निरन्तर बढिरहेको सेयर बजार सार्वजनिक विदाका कारण निरन्तर तीन दिन बन्द हुने भएको हो ।

सरकारले भोलि अर्थात् बिहीबार बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदाको घोषणा गरेको छ । भोलि सार्वजनिक विदा भएकोले सेयर बजार पनि बन्द हुनेछ । त्यसपछि पर्सी अर्थात् शुक्रबार र शनिबार पनि सेयर बजार बन्द नै रहनेछ । किनकि शुक्रबार र शनिबार सेयर बजार बन्द नै हुने गरेको छ ।

गृह मन्त्रालयले मुलुकभर नै बुद्ध जयन्तीको सार्वजनिक विदा दिएको हो । अब आइतबार मात्रै सेयर बजार खुल्नेछ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गरेपछि सेयर बजार नियमित बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.