कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफले गर्यो ४ लाख सहयोग

  २०८१ जेठ ९ गते १७:३३     विकासन्युज

काठमाडौं । कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफ इन्स्योरेन्सले ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ई-नेबल नेपाललाई कृत्रिम हातको उत्पादन गर्न बुधबार ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त सहयोग कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले इ-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र महासचिव दिनेश राज भण्डारीलाई कम्पनीको प्रधान कार्यालयमा ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

सिटिजन लाइफको यस सहयोगले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने आपेक्षा कम्पनीले राखेको छ ।

अपाङ्गताका कारण कुनैपनी बालबालिकले समाजबाट भेदभाव भोग्नु नपरोस र एक सामान्य व्यक्ति सरि विभिन्न काम गर्न सक्षम भई समाजमा सम्मान रुपमा स्थापित गराउने इ-नेबल नेपालको उद्देश्यमा साथ दिन बैंकले सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.