२२० रुपैयाँमा सिद्धार्थ प्रिमियरले साढे ५ लाख कित्ता सेयर बेच्दै

  २०८० मंसिर २२ गते ६:४९     विकासन्युज

काठमाडौं । सिद्धिार्थ प्रिमियर इन्स्योरेन्सले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहतर्फको साढे ५ लाख ३३ हजार ८६५ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

इन्स्योरेन्स कम्पनीका अनुसार आज मंसिर २२ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ ।

इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले मंसिर २८ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.