सिटिजन्स बैंकका ग्राहकले न्यूरो कार्डियोमा छुट पाउने

  २०८१ जेठ ९ गते १८:००     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र बिराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलका सेवाहरुमा १० प्रतिशतसम्मको  छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.