
काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर बेच्ने निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ‘नेपालमा चुनौती थपिँदै गएकोले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको र सोहीअनुसार एनसेललाई बिक्रीमा राखिएको’ विज्ञप्तिमार्फत जनाएको थियो ।
सोही विषयलाई लिएर उच्च अदालत पाटनमा गोकुलबहादुर रोकायाले दिएको रिट निवेदनमा न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी लिखित जवाफ मागेको छ ।
