व्यवसायी शिव नाडर भारतका सबैभन्दा ठूला दानवीर

  २०८० कार्तिक १८ गते १०:०८     विकासन्युज

एजेन्सी । वार्षिक एडलगिभ हुरून इन्डिया फिलान्थ्रोपी लिस्ट २०२३ अनुसार भारतको अग्रणी सूचना प्रविधि कम्पनी एचसिएल टेक्नोलोजिजका सहसंस्थापक शिव नाडर सबैभन्दा ठूलो परोपकारी बनेका छन् ।

उनले सन् २०२३ मा हरेक दिन ५ करोड ६० लाख भारुका दरले हालसम्म २० अर्ब ४२ करोड दान गरेका छन् ।

यस वर्षको हुरून इन्डिया फिलान्थ्रोपी सूचीमा शिव नाडर, अजिम प्रेमजी, नन्दन निलेकणी, रोहिणी नीलेकणी, नितिन र निखिल कामथ, सुब्रतो बागची, सुस्मिता र एएम नाइकसहित शीर्ष १० मा २४ व्यक्ति छन् ।

विप्रोका संस्थापक अजिम प्रेमजीले १७ अर्ब ७४ करोड भारु दान गरेका छन् । शिव नाडरपछि यो सूचीमा अजिम प्रेमजी दोस्रो स्थानमा छन् । विप्रोका संस्थापक–अध्यक्ष प्रेमजीले २०२३ को हालसम्म उक्त रकम दान दान गरेका थिए ।

शीर्ष १० भारतीय परोपकारीहरूमा सात महिला छन्, जसमध्ये फिलान्थ्रोपिज संस्थापक रोहिणी नीलेकणी सबैभन्दा अगाडि छिन् । उनले २०२३ मा १ अर्ब ७० करोड भारु दान गरिन् । यससँगै उनले आफ्नो व्यक्तिगत सम्पत्तिबाट विशेषरूपमा दान गर्ने शीर्ष १० दाताहरूमा स्थान बनाएकी छिन् ।

रोहिणी नीलेकणी महिला परोपकारीका लागि एक रोल मोडेल हुन्, किनकि एक समय थियो जब उनी सूचीमा एकमात्र महिला थिइन् । अहिले सात महिला छन् ।

थर्म्याक्सको अनु आगा र उनको परिवारले २३ करोड दान दिए र यूएसबीकी लीना गान्धी तिवारीले पनि त्यति नै रकम दान गरिन् ।

जेरोधाका सहसंस्थापक नितिन र निखिल कामथले जलवायु परिवर्तन र वातावरणीय स्थायित्वमा समर्पित संस्थालाई १ अर्ब १० करोड दान दिए । यस वर्ष आफ्नो आधा सम्पत्ति दान गर्ने वाचा गरेका निखिल कामथ सूचीमा सबैभन्दा कान्छो दाता हुन् ।

एडलगिभ हुरून इन्डिया फिलान्थ्रोपी २०२३ को वार्षिक प्रतिवेदन नोभेम्बर २ मा जारी गरिएको हो । यो सूचीले भारतमा परोपकार, सामाजिक कारण र सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति र परिवारलाई स्थान दिन्छ ।

यस वर्षको सूचीमा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) योगदानका अतिरिक्त व्यक्तिगत कोषबाट चन्दा दिनेहरू पनि समावेश छन्।

शिव नाडरले दानका लागि मुख्यतया शिक्षा, कला र संस्कृति क्षेत्रमा ध्यान केन्द्रित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.