बुढानीलकण्ठ नगरपालिकाका मेयर अधिकारीसहित ३ जनालाई एक महिना कैद

  २०८१ जेठ १३ गते १९:०८     विकासन्युज

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई जिल्ला अदालत काठमाडौंले एक महिना कैद सजाय सुनाएको छ ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले अदालतले अवहेलना गरेको भन्दै मेयर अधिकारीसँगै नगरपालिकाका वडाअध्यक्ष र वडासदस्यलाई एक महिना कैद सजाय सुनाएको हो ।

अदालतले चलन चलाइदिनू भनेको जग्गा नगरपालिकाले कब्जा गरेको भन्दै मेयर अधिकारीसहित वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई पनि एक महिना कैदको आदेश सुनाएको छ ।

मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार उनीहरूलाई सजाय सुनाइएको अदालतको आदेशमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.