कुल राजस्व करिब ३ खर्बले घट्यो

  २०८१ जेठ १३ गते १८:१४     विकासन्युज

काठमाडौं । वस्तु आयातमा गिरावट आउँदा चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म वस्तु पैठारीमा आधारित राजस्व उल्लेख्य घटेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आइतबार संसदमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षको फागुनसम्म ५ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँबराबर राजस्व उठेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ खर्ब ८६ अर्ब ९६ करोडले कम हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा ८ खर्ब ६५ अर्ब ६३ करोड राजस्व संकलन भएको थियो ।

त्यसैगरी चालु आव फागुन मसान्तसम्ममा आयातमा आधारित कर २ खर्ब ६६ अर्ब ६१ करोड बराबर संकलन भएको छ । आन्तरिक कर राजस्व उक्त अवधिमा ३ खर्ब १२ अर्ब ६ करोड बराबर संकलन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक सर्वेक्षणका अनुसार कुल कर राजस्वमा आयातमा आधारित करको हिस्सा ४६.१ प्रतिशत र आन्तरिकतर्फको कर राजस्वको हिस्सा ५३.९ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.