आइएमई लाइफको सम्पूर्ण कारोबार दुई दिन बन्द हुँदै

  २०८० साउन ३२ गते १३:४५     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने भएको छ । इन्स्योरेन्सको सेवा तथा कारोबार भदौ १ गते शुक्रबार र २ गते शनिबार बन्द हुने भएको हो ।

इन्स्योरेन्सले सिस्टम अपग्रेड गर्नको लागि शुक्रबार दिनको १२ बजेदेखि शनिबारसम्म सबै कारोबारहरु अवरुद्ध गर्न लागेको हो । बिहीबार एक सूचना मार्फत इन्स्योरेन्सले सो जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.