दश वटै संसदीय समितिको बैठक एकैदिन, जेष्ठ सदस्यले गरे अध्यक्षता

  २०८० जेठ २ गते १०:५१     विकासन्युज

काठमाडौं । मंगलबार बिहान प्रतिनिधि सभा अन्तरगतको दश वटै संसदिय समितिको बैठक बस्यो । गत मंसिर ४ गते भएको निर्वाचनको करिब ६ महिनापछि मिनी संसद भनेर चिनिने संसदिय समिति सक्रिय भएको हो ।

दलहरुबीच समितिमा भागबण्डा नमिल्दा अहिलेसम्म संसदीय समितिको बैठक बस्न सकेको थिएन । सबै राजनीतिक दलहरुले समितिमा आफ्दा सांसदहरु पठाँएपनि अध्यन भने चुनिएको छैन् ।

सभामुख देवराज घिमिरेको निर्दैशनमा मंगलबार समितिमा रहेको जेष्ठ सदस्यको अध्यक्षतामा दश वटै समितिको बैठक एकैपटक बसेको हो ।
आजको बैठकमा समितिमा रहेको ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई स्वागत गर्ने, आपसमा परिचय गर्ने र समितिको कार्यक्षेत्रबारे जानकारी गराइएको छ ।

सार्वजनिक लेखा समितिको बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका छन् । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिने प्रचलन छ ।

समितिको सभापति चयन नभएका कारण जेष्ठ सदस्यको हैसियतमा केसीले बैठकको अध्यक्षता गरेका हुन ।

पूर्वाधार विकास समितिको बैठकको अध्यक्षता नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरेका छन् । यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको अध्यक्षता नेकपा माओवादी केन्द्रका सांसद रनेन्द्र बराइली, शिक्षा तथा स्वास्थ्य समितिको बैठक नेकपा एमालेका सांसद कालुराम राई, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राप्रपाका सांसद पशुपति समशेर जबराको अध्यक्षतामा बसेको हो ।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, पूर्वाधार विकास र सार्वजनिक लेखा समिति छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.