नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले दिए राजिनामा, अध्यक्षमा पौडेल सर्वसम्मत

  २०७९ फागुन १८ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले आफ्नो पदबाट राजिनामा दिएका छन् । इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालले फागुन १७ गते राजिनामा दिएका हुन् ।

दुई सञ्चालकले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका हुन् । जसलाई फागुन १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पारित गरिसकेको छ ।

त्यस्तै, सोहि दिन बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक लक्ष्मण पौडेललाई नयाँ अध्यक्षको रुपमा सर्वसम्मत चयन गरेको छ ।

इन्स्योरेन्स सञ्चालक समितिले गत जेठ ३० गते दुबै सञ्चालकको कार्यकाल थप्ने निर्णय गरेको थियो । बीमा प्राधिकरणले पनि मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्तिलाई स्वीकृति दिएको थियो । तर अब कम्पनी मर्जरमा नजाने भएसँगै बीमा प्राधिकरणले दुई सञ्चालकको नियुक्तिको सम्बन्धमा सञ्चालक समितिलाई नै निर्णय गर्न पत्राचार गरेको थियो ।

सम्बन्धित समाचार : नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न प्राधिकरणको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.