तथ्याङ्क बिक्री गरी नेप्सेलाई आम्दानी गर्न बाटो खुल्यो

  २०७९ असोज ५ गते १८:२०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । लामो समयदेखि सेबोनमा रोकिएको सो कार्यविधि स्वीकृत भएसँगै नेप्सेलाई तथ्याङ्क बिक्री गर्ने बाटो खुलेको हो ।

कार्यविधि स्वीकृति नहुँदा नेप्सेसँग भएको तथ्याङ्क बिक्री गर्न पाएको थिएन् । कार्यविधि स्वीकृत भएसँगै नेप्सेले शुल्क लिएर जो कोहीलाई पनि बिक्री गर्न सक्ने भएको हो । पूँजी बजार सम्बन्धी तथ्याङ्क बेचेर नेप्सेलाई आम्दानी गर्न बाटो खुलेको हो ।

नेप्सेको नीतिप्रति सेबोनले असहमति जनाउँदै हस्तक्षेप गरेको थियो । यसअघि सेबोनका पूर्व अध्यक्षले पूँजीबजार सम्बन्धी महत्वपूर्ण सूचनामा आफूखुसी शुल्क तोकेको र बेच्ने नेप्सेको निर्णय गलत भएको भन्दै स्पष्टीकरण समेत सोधेको थियो ।

सेबोनबाट स्वीकृत भएको कार्यविधि नेप्से सञ्चालक समितिमा पेस हुन बाँकी रहेको छ । नेप्से सञ्चालक समितिले पास गरेलगत्तै नेप्सेले सूचना जारी गरी सर्वसाधारणदेखि व्यापारिक प्रयोजनका लागि बिक्री गर्न सक्नेछ ।

नेप्सेले आफूसँग भएको तथ्याङ्क उपलब्ध नगराएको भन्दै लगानीकर्ताले गुनासो गर्दै आएका छन् । व्यक्तिगत पहुँचका आधारमा मात्रै नेप्सेले सूचना उपलब्ध गराउने गरेको लगानीकर्ताको गुनासो छ ।

नेप्सेसँग भएको तथ्याङ्क आफ्नो सम्पत्ति भएकाले कुनै पार्टिकुलर कम्पनीलाई बिक्री गर्न पाउने अधिकार भएपनि सेबोनले रोकेका कारण लगानीकर्ता तथ्याङ्कबाट बञ्चित हुँदै आएका छन् । अब नेप्सले व्यवसायिक कम्पनी, वेवसाइट वा समाचार पोर्टललाई तथ्याङ्क बिक्री गर्न सक्नेछ ।

नेप्सेको पारदर्शितामाथि प्रश्न, लगानीकर्ता असन्तुष्ट

सेयर बजार सम्बन्धी महत्वपूर्ण सूचना बेच्ने नेप्सेको कार्यमा धितोपत्र बोर्डको हस्तक्षेप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.