२ हजार ५ सय महिला उद्यमीलाई ऋण दियौं, अझै १ हजारलाई दिन्छौं : सीईओ पाण्डे

  २०७९ साउन २५ गते १५:०९     विकासन्युज

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल राज पाण्डेले २ हजार ५ सय जना महिलालाई सहुलियत ऋण प्रवाह गरिसकेको बताएका छन् । बुधबार इन्टरनेशनल फाइनान्स कर्पाेरेसन (आईएफसी) सँग सूक्ष्म वा साना, मझौला तथा मध्यम उद्यम (एमएसएमईएस) का लागि सम्झौता गर्दै सीईओ पाण्डेले यस्तो बताएका हुन् ।

उनले यो संख्या बढाएर अझै थप ऋण प्रवाह गर्ने बताए । ‘सानिमा बैंकले एमएसएमईएसलाई प्राथमिकतामा राखेको छ, २ हजार ५ सय जना महिला उद्यमीलाई ऋण प्रवाह गरिसकेको छ, यो वर्ष १ हजार जना महिलालाई दिन्छौं,’ सीईओ पाण्डेले भने ।

आईएफसीले एमएसएमईएस विस्तार र थप विकास गर्न २० मिलियन डलर ऋण दिने सीईओ पाण्डेले बताए । उनले हाललाई सो बराबरको रकम दिने बताए । आवश्यक परेमा आईएफसी तयार भएमा थप रकम पनि ऋण माग्ने उनको भनाइ छ ।

सीईओ पाण्डेले एमएसएमईएस क्षेत्र अर्थतन्त्रको एउटा हिस्सा मात्रै नभएर ब्याक बोन पनि रहेको बताए । एमएसएमईएसले अर्थतन्त्रलाई वृद्धि गर्नुका साथै रोजगारी समेत श्रृजना गर्ने उनको भनाइ छ ।

सानिमा बैंकले एमएसएमईएसलाई पहिलो प्राथमिकता दिएको उनले बताए । सानिमा बैंकले आफ्नो पोर्टफोलियोको ३५ प्रतिशत एमएसएमईएसलाई छुट्याएको उनको भनाइ छ ।

बैंकले एमएसएमईएसलाई सहयोग गर्न सानिमा वुमेन प्रोडक्ट संचालन गरिरहेको बताएको छ । उक्त योजना माईक्रो इन्टरप्राइजेजका लागि तयार पारिएको बैंकले जनाएको छ । रास्ट्र बैंकको सीमा भित्र रहेर २० मिलियन डलर ऋण लिएको बैंकले जनाएको छ । राष्ट्र बैंकले ४ प्रतिशतसम्म सीमा तोकेको छ ।

आईएफसीले नेपालमा ६ सय मिलियन डलर भन्दा बढी लगानी नेपालमा गरेको आईएफसीका कन्ट्री अफिसर सन्तोस पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.