भारत गएका गौतम नेपाल फर्किए, भने : सम्पत्ति बेचेर पनि बचतकर्ताको पैसा तिर्छु, ब्याज सक्दिन

  २०७९ साउन २० गते २२:३७     विकासन्युज

काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो सम्पत्ति बेचेर पनि सहकारीका बचतकर्ताको पैसा तिर्ने बताएका छन् । एक सातादेखि फरार रहेका गौतम शुक्रबार केन्द्रीय कार्यालय कुलेश्वरमा सार्वजनिक हुँदै बचतकर्ताको पैसा तिर्ने बताएका हुन् ।

उनी प्रहरीको सुरक्षाबीच शुक्रबार सार्वजनिक भएका हुुन् । उनले आफु भारतबाट फर्केको बताएका छन् । उनलाई बचतकर्ताले फूलमालासहित स्वागत गरे ।

‘ढुक्क रहनुस्, एक पैसा तलमाथि हुँदैन, सबै सहकारीका बचतकर्ताको पैसा मेरो सम्पत्ति बेचेर भएपनि तिर्छु,’ उनले भने ।

उनले विगतमा बचतकर्तालाई राम्रो ब्याज खुबाएको भन्दै अब खासै ब्याज तिर्न नसक्ने बताएका छन् । उनले बचतकर्तालाई ब्याज माफी दिन आग्रह गरेका छन् ।

गत शुक्रबार बचत फिर्ता नगरेको भन्दै सो सहकारीका ११ सय बढी बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए । सहकारी विभागले पनि गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि भूमी व्यवस्था तथा सहकारी मन्त्रालयमा सिफारिस गरिसकेको छ ।

सम्बन्धित सामग्री : 

गौतमश्री सहकारीका अध्यक्षले भने : अहिले विदेशमा छु, फर्केर सबै पैसा तिर्छु

गौतमश्री सहकारी : २२ प्रतिशतसम्म ब्याज दिने आश्वासनले बचत तान्यो, घरजग्गामा लगानी !

गौतमश्री सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस, घरजग्गा रोक्का, बचतकर्ताको पैसा के हुन्छ ?

बचतकर्ताको रकम फिर्ता नगर्ने गौतमश्री सहकारीका सञ्चालकको बैंक खाता रोक्का हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.