बचतकर्ताको रकम फिर्ता नगर्ने गौतमश्री सहकारीका सञ्चालकको बैंक खाता रोक्का हुने

  २०७९ साउन १५ गते १८:३३     विकासन्युज

काठमाडौं । सहकारी विभागले काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहउद्देश्यीय सहकारी संस्थाका सञ्चाचलक तथा व्यवस्थापकको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई छ । सो सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता नगरेको भन्दै विभागमा उजुरी दिएको आधारमा विभागले बैंक खाता रोक्का लागि राष्ट्र बैंकलाई पत्र पठाएको हो ।

१०७५ जना पीडित बचतकर्ताहरुबाट प्राप्त उजुरी निवेदन अनुरुप उक्त संस्थाका सञ्चालक तथाव्यवस्थापकहरुको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंक मार्फत् सबै बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध गरी पठाइएको उल्लेख गरिएको छ ।

कुलेश्वरमा रहेको केन्द्रीय कार्यालय रहेको सो सहकारीको विभिन्न स्थानमा रहेका सेवा केन्द्रहरु, डिपार्टमेन्टल स्टोर्स तथा गोदामहरुमा रहेका सम्पूर्ण चल, अचल सम्पत्ति यस विभागको अनुमति विना खोल्न, चलाउन र सरसामान बिक्री वितरण गर्न नपाउने गरी आवश्यक सुरक्षा प्रदान गर्न तथा शिलबन्दी लाहाछाप गरी सो को जानकारी सहकारी विभागमा पठाईदिन र संचालक एवं कर्मचारीहरुलाई बिभागमा उपस्थित गराइदिन पनि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्सालमा पत्र पठाएको विभागको भनाइ छ ।

पीडित बचतकर्ताहरुबाट प्राप्त उजुरी, निवेदनका आधारमा विभागले थप आवश्यक कारवाहीका लागि ३ दिनभित्र सम्बन्धित निकायमा सिफारिस गरी पठाइने विज्ञप्तिमा उल्लेख छ ।

One comment on "बचतकर्ताको रकम फिर्ता नगर्ने गौतमश्री सहकारीका सञ्चालकको बैंक खाता रोक्का हुने"

  • राज बाहादुर says:

    रोक्का गरेर के गर्नु पैसा खाएर सकि सकेको होला। खाली खाता ब्लक गरेर बचत कर्ता को आखा मा छारो हाल्ने काम मात्र हो।
    बचत कर्ता को सम्पुर्ण पैसा रास्ट्रबैक ले दिनु पर्छ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.