अजोड इन्स्योरेन्सले ज्यापु समाज यलका व्यवसायीको बीमा गरिदिने

  २०७९ असार १७ गते १६:३६     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले ज्यापु समाज यलका व्यवसायीहरुको निर्जीवन बीमा गरिदिने भएको छ । सो सम्बन्धमा इन्स्योरेन्स र ज्यापु समाज यलबीच सम्झौता भएको हो ।

असार १७ गते भएको उक्त सम्झौता अनुसार अजोडले ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी व्यवसायी सदस्यहरुको निर्जीवन बीमा सम्बन्धी काम र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्ने छ ।

उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा इन्स्योरेन्स कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.