बुटवल पावरले घोषणा गर्यो २० प्रतिशत लाभांश, तोक्यो बुक क्लोजको मिति

  २०७८ मंसिर २९ गते ११:०२     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीले आगामी पुस २६ गते आफ्नो २९औं वार्षिक साधारणसभा बोलाएको छ ।

उक्त सभामा जान कम्पनीले आगामी पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १० गतेसम्म कम्पनीको सेयर किन्ने तथा होल्ड गर्ने सेयरधनीहरु प्रस्तावित लाभांश पाउन योग्य हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.