न्यादी हाइड्रोपावरले बैठक भत्ता पुनरावलोकन गर्ने, डाक्यो साधारणसभा

  २०७८ मंसिर २६ गते १७:२५     विकासन्युज

काठमाडौं । न्यादी हाइड्रोपावरले सञ्चालकको बैठक भक्ता पुनरावलोकन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजान लागेको हो ।

हाइड्रोको १४औं वार्षिक साधारणसभा आगामी पुस २८ गते हुँदै छ । उक्त सभा सो दिन बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा हुन लागेको हो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरुमा छलफल गर्ने र आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.