चिलिमे हाइड्रोको लाभांश घोषणा, बुक क्लोज कहिले ?

  २०७८ मंसिर २४ गते १८:३८     विकासन्युज

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत नै बोनस गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब २८ करोड रुपैयाँ छ ।

उक्त लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको २५औं वार्षिक साधारणसभा आगामी पुस २३ गते हुँदै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १५ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १४ गतेसम्म कायम सेयरधनीहरु उक्त लाभांश पाउन योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.