मेरो माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत लाभांश पारित

  २०७८ मंसिर २४ गते १५:०८     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१.०५२ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २४ गते सम्पन्न बैंकको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै, सभाले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित समेत पारित गरेको छ ।

 

सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालक निर्वाचित गरेको छ । सञ्चालक समितिमा संजिव मानन्धर, सुमित बाबु खत्रि, कल्याण विक्रम पाण्डे र सजना मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।

सभापछि बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्जिव मानन्धरलाई अध्यक्षमा सर्वम्मत चयन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.