जनरल इन्स्योरेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ, समितिले दियो स्वीकृति

  २०७८ साउन ८ गते १९:१७     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेको उनको नियुक्तिलाई नियामक निकाय बीमा समितिले शुक्रबार स्वीकृति दिएको हो ।

कम्पनीका सीईओ एसके टमोटको कार्यकाल सकिएपछि इन्स्योरेन्समा सीईओ पद खाली रहेको थियो । यससँगै सञ्चालक समितिले उनलाई नियुक्ति गर्ने प्रस्ताव गरेको हो, जसलाई समितिले स्वीकृति दिएको छ ।

यससँगै नवनियुक्त सीईओ श्रेष्ठले आगामी चार वर्षसम्म इन्स्योरेन्समा आफ्नो कार्यभार सम्हाल्ने छन् । यसअघि उनी इन्स्योरेन्सको कायम मुकायम (कामु) सीईओको रूपमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.