दुई घण्टामै ७ अर्ब माथिको सेयर कारोबार, सबैभन्दा बढी एचआईडीसीएलको

  २०७८ जेठ १० गते १३:२१     विकासन्युज

काठमाडौं । सोमबारको बजारमा कारोबार उछाल आएको छ । कारोबार शुरु भएको दुई घण्टाको अवधिमै ७ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भइसकेको छ ।

दिउँसो १ बजेर ९ मिनेट जाँदा २११ कम्पनीको कूल ७ अर्ब २९ करोड रुपैयाँ बढीको सेयर किनबेच भइसकेको छ । सो अवधिसम्म ७६ हजार ६८७ पटकको कारोबारमा एक करोड ५२ लाख ८७ हजार ६२१ कित्ता सेयर किनबेच भइसकेको छ ।

कूल कारोबारमध्ये सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनी(एचआइडीसीएल)को सेयर किनबेच भएको छ । कम्पनीको दुई घण्टामै एक अर्ब २ करोड रुपैयाँ बढीको सेयर कारोबार भइसकेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर प्रतिकित्ता ५९५ रुपैयाँमा कारोबार भएको छ ।

एचआईडीसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने

कम्पनीले हकप्रद सेयर जारी गर्न बोर्डको स्वीकृति पाएसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।

त्यस्तै, सोमबार मात्रै लाभांश घोषणा गरेको नेको इन्स्योरेन्सको पनि उच्च कारोबार भएको छ । दुई घण्टामै कम्पनीको २४ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । यो अवधिसम्म कम्पनीको सेयर प्रतिकित्ता १७४३ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेको इन्स्योरेन्सले घोषणा गर्यो तीन वर्ष यताकै उच्च लाभांश, बोनस कति ?

त्यस्तै, नेप्से परिसूचक पनि १६ अंकले बढेर २८३६.०२ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो भने अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.