पहिलो दिनमै साढे ५१ प्रतिशत बिक्यो प्रभु सेलेक्ट फण्डको इकाई, कतिले दिए आवेदन ?

  २०७८ जेठ ५ गते १८:२०     विकासन्युज

काठमाडौं । आज(जेठ ५ गते) देखि बिक्री खुला भएको प्रभु सेलेक्ट फण्डको इकाईमा पहिलो दिनमै ५१.६४ प्रतिशतभन्दा बढी आवेदन परेको छ । प्रभु क्यापिटलका अनुसार पहिलो दिन साँझसम्म ७ हजार ९७२ जना सर्वसाधारण लगानीकर्ताले ४१ करोड १४ लाख रुपैयाँ बराबरको ४ करोड ११ लाख इकाई खरिदका लागि आवेदन दिएका हुन् ।

क्यापिटलले सर्वसाधारणमा ८ करोड ५० लाख इकाई बिक्री खुला गरेकाे हाे ।

प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा कूल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ ।

सम्बन्धित समाचार

फण्डबाट उठेको रकम ३० कम्पनीमा लगानी गर्छौं, लगानीकर्तालाई ३ गुणाबढी प्रतिफल दिन्छौं- गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.