१७ जेठसम्म अन्तर्राष्ट्रिय उडान बन्द, बुधबार र शुक्रबार नयाँदिल्ली उडान

  २०७८ वैशाख २९ गते १०:४२     विकासन्युज

काठमाडौं । सरकारले आगामी जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको छलफलपछि दोस्रो पटक उडान बन्दकोे अवधि थप गरिएको हो । गत बैशाख २३ गते मध्येरातीदेखि नियमित अन्तर्राष्ट्रिय उडानम बैशाख ३१ गतेसम्मका लागि बन्द गरिएको थियो ।

पछिल्लो समय काठमाडौं उपत्यका लगायत अन्य जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएपछि दोस्रो पटक १७ दिनका लागि उडान बन्द गरिएको हो ।

नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएता पनि चार्टड तथा कार्गाे र भारतको नयाँदिल्ली उडानमा भने रोक लगाईएको छैन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले  मंगलबार नै सबै वायुसेवा कम्पनीलाई उडान बन्दको जानकारी गराईसकेको छ ।

अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र स्वदेश फर्कने श्रमिकहरु मारमा परेका छन् ।

बुधबार र शुक्रबार नयाँदिल्ली उडान

अन्य गन्तव्यका सम्पूर्ण उडान बन्द भएता पनि नेपाल–भारत सातामा दुई उडान हुनेछन् । नेपाल वायुसेवा निगम र एयर इन्डीयाले सातामा एक/एक उडान गर्नेछन् ।

नेपाल वायुसेवा निगमले बुधबार र एयर इन्डियाले शुक्रबार उडान गर्ने तयारी गरेको जनाईएको छ । एयर इन्डियाले शुक्रबार १ सय ८० सिट क्षमताको एयरबस ३२० जहाजबाट उडान गर्ने गरी क्यानबाट अनुमति लिइसकेको छ । उसले शुत्रबार दिउँसो साढे २ बजे काठमाडौं अवतरण गर्नेछ ।

यस्तैगरी नेपाल वायुसेवा निगमले १५८ सिट क्षमताको एयरबस ३२० जहाजबाट बुधबार उडान गर्नेछ । निगमले काठमाडौं–नयाँदिल्ली बिहान ११ः५ बजे र नयाँदिल्ली–काठमाडौँ सोही दिनको दिउँसो ३ः४५ मा उडान गर्दै आएको छ ।

एयर बबल मार्फत काठमाडौं आउने यात्रुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अनिवार्य रुपमा १० दिन होटलमा क्यारेन्टाइन बस्नुपर्ने जनाईसकेको छ । १० दिन होटलमा बस्नुपर्ने भन्दै मन्त्रालयले विभिन्न ८ वटा होटललाई क्यारेन्टाइनको रुपमा छुट्टाइसकेको छ ।

मंगलबार नै काठमाडाैं उपत्यकाका तीन जिल्लाका अधिकारीहरुकाे बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.