यूनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त, बीमा क्षेत्रकाे इतिहासमै पहिलो महिला सीईओ

  २०७८ वैशाख १९ गते १५:५०     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै उनी बीमा क्षेत्रकाे इतिहासमै प्रथम महिला सीईओ बन्न सफल भएकी छिन् । साथै, अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा नियुक्त हुन सफल भएकी छिन् ।

नवनियुक्त सीईओ पाैडेलसँग बीमा क्षेत्रकाे विगत एक दशक भन्दा बढि कार्यानुभव रहेको छ । यसअघि उनले यूनाइटेड इन्स्योरेन्स कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।

भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

उनको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टीम वर्कलाई विशेष ध्यान दिन्छिन् । युनाइटेडमा उनको प्रवेशसँगै कम्पनी निरन्तर अगाडि बढिरहेको थियो र उनी प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएसँगै इन्स्योरेन्स थप उचाईमा पुग्ने कम्पनीको विश्वास छ ।

सम्बन्धित समाचार

म दिनरात काम गर्छु, साथीहरु भन्छन्- ‘तिमी कति भाग्यमानी’

One comment on "यूनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त, बीमा क्षेत्रकाे इतिहासमै पहिलो महिला सीईओ"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.