सानिमा जनरल इन्स्योरेन्स सभामा जाँदै, बैशाख २९ गतेदेखि बुक क्लोज

  २०७८ वैशाख १६ गते १२:३४     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स आगामी जेठ ११ गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीले आफ्नो तेश्रो वार्षिक साधारणसभा सो दिन बिहान १०ः३० बजे काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा बाेलाएकाे हाे ।

सभामा जाने प्रयोजनको लागि कम्पनीको बैशाख २९ गतेदेखि जेठ ११ गतेसम्म बुक क्लोज हुने भएको छ ।

सभाले आर्थिक वर्षको २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । त्यस्तै, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६र७७ असार मसान्तसम्मको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरण छलफल गरी पारित गर्ने छ ।

साथै, सभाले समूह ख अन्तर्गत सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.