खाद्य वस्तुको मूल्य बढेको बढ्यै, नियामक निकायको ध्यान राजश्व संकलनमै

  २०७७ चैत ८ गते १४:३७     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा दैनिक रुपमा चालम र तोरीको तेलको मूल्यमा (खाद्यान्नको उपभोग्य मूल्य) बृद्धि भएको छ । व्यवसायीहरुले गत महिनाको तुलनामा हाल चामलमा प्रतिकिलो १० रुपैयाँ र खाने तेलमा प्रतिलिटर २० रुपैयाँसम्म मूल्य बढाएका छन् ।

दैनिक रुपमा उपभोग्य वस्तुको मूल्यमा उच्च रुपमा बृद्धि हुँदा बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ध्यान राजश्व संकलनतर्फमात्र केन्द्रित हुँदै आएको छ ।

चालु आर्थिक वर्षको सुरुवातीका दिनमा आक्रामक रुपमा बजार अनुगमन गर्दै आएका विभागका अधिकारीहरु हाल विभिन्न बाहान बनाउँदै बजार अनुगमनबाट पछि हट्दै आएका छन् ।

बजार अनुगमनको बार्षिक लक्ष्य पूरा भएको र बजार अनुगमनका लागि सरकारी छुट्टाएको बजेट सकिएको हाल सुस्त रुपमा बजार अनुगमन हुने गरेको विभागका कर्मचारीहरु नै बताउँछन् ।

कालोबजारी र मूल्यबृद्धिमा हस्तक्षेप गर्ने निकाय पछिल्लो समय राजश्व संकलनमा केन्द्रीत बन्ने गरेको छ । बजार अनुगमन गरेको र राजश्वं संकनलको लक्ष्यपुगेपनि उपभोक्ता बजार सहज हुन सकेको छैन् ।

‘सरकारी नियम अनुसार बजार अनुगमनमा खटिएका कर्मचारीले भत्ता पाउने गर्छन् । गत वर्ष बजार अनुगमनका लागि एक करोड बढी रुपैयाँ विनियोजन भएको थियो, तर यस वर्ष जम्मा ४४ हजार रुपैयाँमात्र विनियोजन भएको थियो । उक्त रकम चार्डपर्वलक्षीत बजार अनुगमन गर्द नै सकियो’, विभाग स्रोतले भन्यो, ‘हाम्रो लक्ष्यसगैँ बजेट पनि सकियो । उपभाक्ताले गरेको गुनासो र अनुचित व्यापारिक कारोबारमा संलग्न ठूला व्यवसायी र उद्योगको अनुगमन गर्ने गरेका छौँ, ठूला व्यवसायीले मूल्य बढाउँदा साना व्यवसायीले मूल्य बढाउने गरेको पाइएको छ, मूल्य बढाउँने स्थानमा नै कारवाही गर्दा बजारमा मूल्य नबढ्ने हाम्रो अनुमान हो ।’

विभागले चालु आर्थिक वर्षमा एक हजार ८ सय फर्मको अनुगमन गर्ने लक्ष्य राखेको थियो । विभागकै तथ्यांक अनुसार उक्त लक्ष्य गत माघ महिनामा नै पूरा भइसकेको छ ।

विभागले चाडपर्वलाई लक्षित गर्दै दैनिक ८ समूहबाट बजार अनुगमन गर्ने गरेकोमा हाल दैनिक एक दुई समूहले उपभोक्ताले गरेको गुनासोका आधारमा बजार अनुगमन गर्ने गरेका छन् ।

बजारमा खानेतेलको मूल्यमा बृद्धि भएको उपभोक्ताको गुनासोपछि विभागले गत माघको पहिलो साता खाने तेलको मूल्य बढाएको भन्दै बारामा सञ्चालीत अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालि लाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही स्वरुप तीन/तीन लाख जरिवाना गरेको थियो ।

विभागले बढाएको मूल्य घटाउँन तेल उद्योगीलाई १५ दिनको समय दिएकोमा अन्नपूर्ण तेल उद्योगको मूल्य घटाएपनि महालक्ष्मीले मूल्य घटाएन । एकै उद्योगीले सञ्चालन गरेको दुई उद्योगमध्ये एक उद्योगले मूल्य घटाएको जानकारी गराएपनि अर्काे उद्योगले मूल्य घटाएको थिए ।

अनुगमन गरेर कारवाही गर्ने तर मूल्य नघटाएको महालक्ष्मीलाई मूल्य नघटाएको बारेमा कुनै जानकारी नलिदाँ व्यवसायीहरुको मनोबल उच्च हुँदै आएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । विभागले देखाउँनका लागि मात्र बजार अनुगमन गर्ने गरेको उनीहरुले आरोप लगाउँदै आएका छन् ।

यता वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाई नियमित रुपमा बजार अनुगमन भइरहेको बताउँछन् । ‘हामीले नियमित बजार अनुगमन गरिरहेका छौँ, चार्डपर्वमा बजारमा अनुचित व्यापारिक कारोबार बढी हुनेहुँदा अन्य समयको तुलनामा चार्डपर्वमा धरै समूहबाट अनुगमन हुने गर्ने गरेका हौँ’, उनले भने, ‘दैनिक ३ समूहबाट नियमित बजार अनुगमन भइरहेको छ, बजारमा मूल्य बढेका खाद्य वस्तुमा हाम्रो ध्यान केन्द्रीत भएको छ ।’

उनका अनुसार विभागले बजार अनुगमनको मोडालिटिमा परिवर्तन गर्ने तयारी समेत गरेको छ । ‘ठूला उद्योग तथा व्यापारिले मूल्य बढाएर पठाउँदा साना व्यवसायीले मूल्य बढा्उनुपर्ने बाध्यता रहेको छ, हाम्रो लक्ष्य उत्पादक र उपभोक्ताबीच रहेको अन्तर कम गर्नु हो’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.