उन्नति सहकार्य लघुवित्तले १७.८१ प्रतिशत लाभांश वितरण गर्ने

  २०७७ फागुन २५ गते ११:१५     विकासन्युज

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १७.८१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फागुन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १७.८१ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ४०.६३ प्रतिशत लाभांश (३८.६ प्रतिशत बोनस र २.०३ प्रतिशत नगद) वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.